बन्दाबन्दीको समयको कर सार्वजनिक सूचना दिएर मात्र उठाउन सर्वोच्चको आदेश
असार १, २०७८बन्दाबन्दीको समयको कर सार्वजनिक सूचना जारी गरेर मात्र उठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । करको विषयमा आज अदालतमा भएको सुनुवाइ मार्फत यस्तो आदेश दिएको अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । उनले भने “सर्वोच्चले आर्थिक ऐन दफा १९ अनुसार सार्वजनिक सूचना जारी गरेर मात्र कर असुल गर्न आदेश दिएको छ । हामीले निषेधाज्ञा खुलेको ३ महिनासम्म कर उठाउन नपाउने पक्षमा वकालत गर्दै आएका थियौ ।”
सबै पढ्नुहोस