×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्रियाशील सदस्यता वितरणका समस्या समाधान : कांग्रेस

क्रियाशील सदस्यता वितरणका समस्या समाधान : कांग्रेस

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणका क्रममा केहि जिल्लामा देखिएका समस्या समाधान भएको जनाएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले विवादित जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सुरु भएको जानकारी दिएका हुन् ।

लेखकले बारा, बर्दियालगायतका जिल्लामा आन्तरिक समायोजनामा देखिएको समस्याका कारण अवरुद्ध भएको क्रियाशील सदस्यता वितरण सुरु भएको बताए ।

उनले अहिले कुनै पनि स्थानमा क्रियाशिल सदस्यता नवीकरण र वितरणमा समस्या नभएको दाबी गिरे । लेखकले अहिलेसम्म ८ लाख २० हजार क्रियाशील सदस्यताको इन्ट्री भइसकेको जानकारी दिएका छन् । उनले पदाधिकारी बैठकमा महाधिवेशन केन्द्रित छलफल भएको र क्रियाशील सदस्यता वितरणका कारण कार्यतालिका प्रभावित नहुने बताए ।

लेखकले महाधिवेशनका विषयमा पार्टीभित्र देखिएको केहि पनि मतभेद छिटै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्