प्रदेश सरकारमा भाग मिलाउन सत्ता गठबन्धनको बैठक
पुस २४, २०७९काठमाडौँ- सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक अहिले केहीबेरमा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्न लागेको हो । गठबन्धनको बैठकमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ । साथै बैठकमा कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरूबीच सहमति जुटाउने प्रयास हुनेछ ।
सबै पढ्नुहोस