जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बैशाख ८, २०७८काठमाडौं, पर्सा, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सबै पढ्नुहोस