प्रधानन्यायाधीशद्वारा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन
जेठ २३, २०७८काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । प्रतिनिधिसभा विघटनकाविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न यसअघि वरियता मिचेको भन्दै इजलास विवादित भएको थियो । त्यसपछि नयाँ इजलास गठन गरिएको हो । इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।
सबै पढ्नुहोस