पाँचथर पहिरो अपडेट : हराइरहेका ३ मध्ये २ को शव फेला
असार १८, २०७९पाँचथर- पाँचथरमा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव फेला परेको छ । फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यद्यपि उनीहरूको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएकाे छ ।
सबै पढ्नुहोस