म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो
भदौ ७, २०७९काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गएराती घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले चिर परिचित प्रतिद्वन्द्वी लिभरपुललाई २-१ ले हराएको हो । यो युनाइटेडको सिजनको पहिलो जित हो । युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काएका थिए ।
सबै पढ्नुहोस