×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौन अवधिमा चुनाव प्रचारमा निस्केको भन्दै एमाले नेता चौधरीको घर घेराउ

मौन अवधिमा चुनाव प्रचारमा निस्केको भन्दै एमाले नेता चौधरीको घर घेराउ

काठमाडौं- मौन अवधिमा चुनाव प्रचार प्रसारमा निस्किएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेकी नेता शान्ता चौधरीको घर घेराउ गरेका छन्।

हिजो राति चौधरीको घर कांग्रेसका कार्यकर्ताले घेराउ गरेका हुन्। तर उनले आफू माइत गएर फर्किएको जनाएकी छन्। आफू माइत गएर फर्किने क्रममा पछ्याएका स्थानीय कार्यकर्ताले घरबाहिर आएर राति अबेरसम्म होहल्ला गरेका उनले बताइन्।

दाङको घोराही उपमहानगरपालिकास्थित डाँडा गाउँमा उनको माइती छ। घर करिब २० मिनेटको दूरीमा छ। तर आफू माइतीमा बिरामी आमालाई भेटेर फर्किँदा कांग्रेसका स्थानीय कार्यकर्ताले चुनाव प्रचारमा गएको आरोप लगाएका उनले स्पष्ट पारेकी छन्।

प्रतिकृया दिनुहोस्