×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई कर तिर्न काठमाडौं महानगरकाे १० दिने अल्टिमेटम

विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई कर तिर्न काठमाडौं महानगरकाे १० दिने अल्टिमेटम

काठमाडौं- काठमाडौं महानगरपालिकाले ४१ वटा विभिन्न संघ–संस्था तथा व्यापारिक कम्प्लेक्सहरुलाई सम्पत्ति र घरबहाल कर तिर्न १० दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिँदै बुधबार पत्र काटेको हो ।

१० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ । जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको हो ।

त्यसैगरी बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ । भीजी अटोमोबाइल्स, आर्दशनगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, पुण्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स र वरुण वेभरेज महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।


यसैगरी, रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरे÷सानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकाररविजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषेत्तम संघ र किरण संघलाई पनि कर तिर्न महानगरपालिकाले पत्र लेखेको हो ।

प्रतिकृया दिनुहोस्