×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कतार विश्वकप : आज चार खेल हुँदै

कतार विश्वकप : आज चार खेल हुँदै

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’को दुई दुई खेलहरु हुनेछन् । 

पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । त्यस्तै बुधबार हुने चौंथो खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिकृया दिनुहोस्