×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अफगानिस्तानद्वारा न्युजिल्यान्डलाई १२५ रनको लक्ष्य

अफगानिस्तानद्वारा न्युजिल्यान्डलाई १२५ रनको लक्ष्य

काठमाडौँ- सेमिफाइनलका लागि महत्त्वपूर्ण खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १२५ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको हो ।

अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले ७३ रन बनाए । उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै  गुल्बदिन नाइबले १५ र कप्तान मोहम्मद नाबीले १४ रन बनाउनुबाहेक कसैले पनि दोहोरी अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथीले दुई तथा ईश सोधी, जेम्स निसम र एडम मिल्नेले एक एक विकेट लिए । आज विजयी भए न्युजिल्यान्ड सेमिफाइनल पुग्नेछ भने अफगानिस्तानका साथै भारत पनि प्रतियोगिताबाट बाहिरिनेछ ।

अफगानिस्तान विजयी भए सेमिफाइनल पुग्ने बाँकी १ टिमको छिनोफानो भारत र नामिबियको खेलपछि मात्र हुनेछ ।

 

प्रतिकृया दिनुहोस्