×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

काठमाडौं - सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदबाट निलम्बन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न एक समिति गठन गर्ने निर्णय गरेसँगै उनी स्वतः निलम्बित भएका हुन्।

बीमा ऐन, २०७९ को दफा १२ (३) मा अध्यक्ष वा सदस्यमाथि छानबिन गर्न समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने कानुनी प्रावधान रहेको छ।

सरकारले छानबिनका लागि पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ। समितिका सदस्यहरूमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला रहेका छन्।

अध्यक्ष ओझामाथि नक्कली कागजात प्रयोग गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको गम्भीर आरोप छ। यही विषयमा सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन अवस्थामा छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन प्रक्रिया अगाडि बढाइरहेको छ।
 

प्रतिकृया दिनुहोस्