×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

डेंगीको संक्रमण बढ्दै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार प्रत्येक स्थानीय तहले ‘प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट’ छुटाएर घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरू ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने छन्।

अभियान सफल बनाउनका लागि स्थानीय जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार सङ्घ संस्था परिचालन गरी वडामा हरेक घरधुरीमा अभियान सञ्चालन गर्ने छन्।

सबै स्वास्थ्य संस्थाबाट डेंगीका बिरामीको विवरण स्थानीय तहमार्फत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पनि पठाउन निर्देशन दिइएको छ। अहिलेसम्म नेपालमा सात हजार पाँच सयभन्दा बढी डेंगीका बिरामी फेला परेका छन्।

प्रतिकृया दिनुहोस्