×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

पायल्सबाट पिडित हुनुहुन्छ? हेर्नुहोस पायल्स निको पार्ने घरेलु उपचार!

पायल्सबाट पिडित हुनुहुन्छ? हेर्नुहोस पायल्स  निको पार्ने घरेलु उपचार!


काठमाडौँ - 'पायल्स' मलद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने रोग हो  । यी मुसाबाट पटक पटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् । यसलाई खानपिन, जीवनशैली र उपचारबाट निको पार्न सकिन्छ ।

पायल्स हुने कारण
– पायल्स हुने सबैभन्दा ठूलो कारण हो कब्जियत । पेट राम्रोसँग सफा नभए यो हुने गर्दछ ।

– गर्भावस्थाको क्रममा पाचन समस्या हुदाँ थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।

– धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुराले पाचन क्रिया बिग्रन्छ र पायल्स हुने गर्दछ ।

– परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ ।

– धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।

घरेलु उपाय
– घ्यूमा भुटेको नीमका कलिला पातमा थोरै कपुर हाल्ने र पायल्सको मासुमा लगाउने ।

– कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँने ।

– लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाए फाइदा मिल्छ ।

– पानीसंग पिसेको तुलसीको पातको लेप लगाउँदा पायल्सयको जलनबाट राहत हुन्छ ।

– तुलसीको लेप लगाउँदा पायल्समा पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

– रातभर माटोको भाडामा राखेको अमला पाउडरको झोल बिहान मिश्री मिसाएर पिउने ।

– मसिनो आँचमा भुटेको प्याजको पेस्ट मासु पलाएको ठाउँमा लगाउँदा फाइदा हुन्छ ।

– चियाको पत्ती पिसेर पेस्ट बनाउने र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनमा मासु सुक्छ ।

– एक मुट्ठी कालो तिल एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्स ठिक हुन्छ ।

– मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ ।  एजेन्सी

प्रतिकृया दिनुहोस्