×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२४५ जना नयाँ सङ्क्रमित थपिए,२ जनाको मृत्यु

२४५ जना नयाँ सङ्क्रमित थपिए,२ जनाको मृत्यु

काठमाडौं, -  पछिल्लो २४ घण्टामा २४५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ३२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार १४० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२६ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ९३१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ५५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्