×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लघुवित्त स्वेच्छिक मर्जरमा गएमा यस्ता सुविधा

लघुवित्त स्वेच्छिक मर्जरमा गएमा यस्ता सुविधा

स्वस्फूर्त रूपमा मर्जरमा जाने लघुवित्त वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले विभिन्न छुट तथा सुविधा घोषणा गरेको छ । लघुवित्त संस्थाहरूका लागि एकिकृत निर्देशन २०७८ जारी गर्दै राष्ट्र बैंकले मर्जरमा जाने संस्थाहरूलाई विभिन्न सूचक पुर्‍याउनका लागि थप समय दिने तथा शाखा कार्यालय स्थान्तरण तथा सुगम स्थानमा शाखा कार्यालय स्थापना गर्न दिने व्यवस्था गरेको छ । 

निर्देशनमा मर्जरमा जाने लघुवित्त संस्थाहरूलाई एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमाभित्र ल्याउन र तोकिएको पुँजी कोषअनुपात पुर्‍याउनुपर्ने समय थप गर्ने व्यवस्था छ ।

यसैगरी लघुवित्त एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालनको क्रममा वा एकीकृत कारोबार सुरु भएको तीन महिनाभित्र पदमुक्त भएका वा सेवामा निरन्तरता नपाएका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अर्को संस्थामा नियुक्त हुन निर्देशन कुलिङ पिरियडले बाधा नपर्ने प्रावधान राखिएको छ । 

प्रतिकृया दिनुहोस्