×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रेमप्रसादको मृत्यु प्रकरणमा प्रहरीले लियो भाटभटेनी सञ्चालकको बयान

प्रेमप्रसादको मृत्यु प्रकरणमा प्रहरीले लियो भाटभटेनी सञ्चालकको बयान

काठमाडौँ- संघीय संसद् भवनअगाडि आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँ स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरूमाथि सोधपुछ सुरु भएको छ ।

स्रोतका अनुसार त्यही क्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको छ ।

प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उनीहरूले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । ‘धनी पैसाले नै उक्लेको उक्ल्यै, गरिब थिचिएको थिचियै’, उनले भनेका थिए ।

उनले भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि उल्लेख गरेकाले त्यस विषयमा सोधपुछ भइरहेको प्रहरी स्रोतले बतायो । उनीसहित आचार्यको स्ट्याटसमा उल्लेखित अन्य व्यक्तिसँग पनि सोधपुछ हुने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्