×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनका शीर्ष नेताहरूको बैठक सकियो, के भयो छलफल ?

गठबन्धनका शीर्ष नेताहरूको बैठक सकियो, के भयो छलफल ?

काठमाडौँ- कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबिचको बैठक सकिएको छ । करिब २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘अहिले बाँडफाँडबारे सामान्य छलफल मात्रै भएको छ । आजै बेलुका चार बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको छ’, नेता खनालले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरू समेत सहभागी थिए । निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरू प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन् ।

नेता खनालका अनुसार अबको एक दुई दिनभित्रै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सिट बाँडफाँट टुङ्ग्याउने गठबन्धनको तयारी छ ।

प्रतिकृया दिनुहोस्