काठमाडौँ - धेरैबेर कम्प्युटरमा काम गर्दा वा धूलो पर्दा आँखा पोल्न थाल्छ र आँसू आउँछ। आँखामा घरिघरि हात लगाउँदा र रगड्दा पनि यस्तो समस्या आउँछ। आई ड्रप हाल्नुका अलावा अन्य केही घरेलु उपाय गरेर पनि आँखालाई आराम दिन सकिन्छ। आँखा चिलाउने एउटा एलर्जी नै हो। यो के कारणले भएको हो भन्ने पत्ता लगाउन विशेष किसिमले परीक्षणनै गर्नुपर्छ। तर हामीले हेर्दा धुवा-धुलो अनि घामको कारणले पनि आँखा चिलाउँछ। गर्मी र धेरै हावा चल्ने मौसममा नै आँखा चिलाउने समस्या हुन्छ। आँखा चिलाउँदा आँखा रातो हुने, आँखामा आँशु आउने लगायतका समस्या देखा पर्छन्। कोही बिरामीको आँखाको सेतो भागलाई पहेंंलोसमेत भएको हुन्छ। यसको उपचारको लागि आँखामा एलर्जी नै हो भन्ने भयो भने एलर्जी विरूद्धको औषधि खुवाउँनुपर्छ। यसको औषधि अलि लामो समय पनि खानुपर्ने हुन्छ। चिसो महिना र पानी पर्न थालेपछि भने अलि कम हुन्छ। त्यो बेलामा औषधिलाई कम गर्दै लैजानुपर्छ।
-एलर्जीबाट जोगिन बाहिर धुलोमा हिड्दा चश्मा लगाउनुपर्छ। आँखाको सुरक्षा गर्नुपर्छ। चिसोले, आइसले आँखा सेक्नुपर्छ। यसले आँखालाई फाइदा गर्छ। त्यो बाहेक आँखामा आँशुको काम गर्ने औषधी पनि हाल्नुपर्छ।
आँखा पोल्नेः आँखामा आँशुको मात्रा कमी भएर आँखालाई गाह्रो हुन्छ जसले गर्दा आँखा पोल्ने समस्या उत्पन्न हुन्छ । आँखामा आँशुको कमी भयो भने औषधी मार्फत आँशु थप्नुपर्छ। धेरैनै आँशुको मात्रा कम छ भने दिने औषधि र आशुको मात्रा कम भएको बेलामा दिने औषधीमा फरक हुन्छ।
आँखा पोल्ने अन्य समस्याले पनि हुन्छ। अनिन्द्राको कारणले पनि आँखा पोल्छ। यस्तो भएको पनि आँखामा आँशुको मात्रा कम भएर हो। आँखा पोल्ने समस्या भएको व्यक्ति पनि धुलो र घामबाट जोगिनुपर्छ।
यसको लागि आइसले सेक्यो भने फाइदा हुन्छ। यसको साथै चश्मा पनि लगाउनुपर्छ। ओपीडीमा आउने बिरामीको समस्या हेर्दा ८० प्रतिशत आँखा पोल्ने चिलाउने निन्द्रा नलाग्ने थकान जस्तो भयो भन्ने गरेका हुन्छन्। यो सबै आँखा सुक्खा भएर नै हो। काठमाडौंको धुवा धुलोको कारणले यस्तो समस्या उत्पन्न हुन्छ।
आँखा चिलाउँछ के गर्ने त अब ?
-आँखामा वरफ वा चिसो पानीले सेक्दा पनि चिलाउने समस्या कम हुने गर्छ । त्यस्तै, नरम कपडालाई पानीमा भिजाएर करिब २० मिनेटसम्म उक्त कपडालाई आँखामा राख्नाले पनि आँखा पोल्ने, चिलाउने, सुन्निने तथा रातो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
-चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ।
-घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ। घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ।
-आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ। त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन।
गुलाव जलको प्रयोयद्धारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ।
-चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।