विश्वकै सफल तथा धनी व्यक्तिहरु मध्ये बिल गेट्स एक हुन् । माइक्रोसफ्ट कम्पनीका मालीक उनी समाज सेवाका काममा पनि उत्तिकै अग्रसर छन् । विश्वको ध्यान आफूतिर तानिरहेका उनको जन्म १९५५ अक्टोबर २८ मा भएको थियो । आज हामीले यहाँ बिल गेट्सका प्रेरक भनाईहरु साभार गरेका छौ ।
१. धैर्यता सफलताको चाबी हो ।
२.आफुलाई यो संसारको कुनै पनि व्यक्ति संग नदाज । यदि त्यसो गरिरहेको छौ भने, तिमीले आफुलाई हेपिरहेका छौ ।
३. मानीसहरु परिवर्तनसंग सधै डराउछन् । बिजुलीको आविष्कार पहिलोपटक हुदा पनि त मानीसहरु डराएका थिए, होइन र ?
४. आफुलाई आफैले खोज र पत्ता लगाऊ ।
५. ठुलो सफलता प्राप्त गर्नको लागी ठुला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।
६. सफलताको उत्सव मनाउनु ठिक हो । तर, असफलताले दिन खोजेको पाठलाई बुझ्नु महत्वपूर्ण हो ।
७. जीवन सजिलो छैन । यसमा आफुलाई अभ्यस्त बनाऊ ।
८. सबै मानिसको लागी आलोचक र सल्लाहकारको आवश्यकता हुन्छ । त्यसको सफलताको बाटोमा हिड्न मद्दत गर्छ ।
९. तिमीले बोल्ने ‘मैले जान्दिन’ वाक्यलाई ‘मैले अहिलेसम्म जान्दिन’ बनाऊ ।
१०. सिर्जनात्मक कामको परिक्षणमा असफलता मिल्यो भने पनि, त्यो पुरस्कार योग्य हुन्छ ।
११. हामीलाई कामको अन्त्यमा मिल्ने सफलता, सुरुवात गर्दा देखिका दिनहरुको परिणाम हो ।
१२. टेलिभिजन वास्तविक जीवन होइन । वास्तविक जीवनमा त, मानिसहरु कफी सपलाई छोडेर जागिरको लागी हिड्नुपर्छ ।
१३. मैले मेरो धेरै समय पुस्तक पढ्नमा बिताएको छु ।
१४. तिम्रा असन्तुष्ट ग्राहकहरु नै तिम्रो लागी सिकाईका मुख्य स्रोत हुन्
१५. आउँदा शताब्दिहरुमा, अरुलाई सशक्त बनाउने व्यक्तिहरु नै नेतृत्वदायी हुनेछन् ।
१६. यदि गरिब जन्मिएको हौ भने, त्यो तिम्रो गल्ती होइन । तर गरिब नै भएर मार्यौ भने, त्यो तिम्रो गल्ती हुनेछ ।