×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

४८ वर्षीया आमा ! छोरीको कार्ड चोरेर कलेज भर्ना, कयौँको लाखौ रकम झ्वाम, कयौँ ब्वाईफ्रण्ड

४८ वर्षीया आमा ! छोरीको कार्ड चोरेर कलेज भर्ना, कयौँको लाखौ रकम झ्वाम, कयौँ ब्वाईफ्रण्ड

एजेन्सी -  पढाईका लागि कुनै उमेर हुँदैन् । कुनै पनि उमेर समूहमा शिक्षा प्राप्त गर्न सकिन्छ ।

तर अमेरिकाको मिसौरीमा एक महिलाले कलेजमा भर्ना पाउनको लागि यस्तो काम गरिन्, जुन सुनेर सबै छक्क परेका छन् ।

वास्तवमा ४८ वर्षीया लौरा ओग्लेस्बेले आफ्नै छोरीको परिचयपत्र चोरेर कलेजमा भर्ना भएकी हुन् । जानकारी अनुसार सोही परिचयपत्रको सहयोगमा उनले लाखौं रुपैयाँ ऋण लिइन् ।

त्यो मात्रै नभई उनले कलेजका धेरै युवा केटाहरूसँग डेटिङ गर्न सुरु गरिन् । ‘न्यूयोर्क पोस्ट’ मा प्रकाशित समाचार अनुसार अभियुक्त लौरा ओग्लेस्बेले योजनाबद्ध रुपमा यो काम गरेको हो ।

त्यसका लागि उनले आफ्ना नजिककालाई पनि चकित पारेकी छिन् । सन् २०१६ मा लौराले यी सबै गर्न थालिन् । समाचार अनुसार यो चक्र दुई वर्षसम्म चल्यो । तर महिलाको ठगी अन्ततः समातियो ।

त्यसपछि उनलाई ३० लाख जरिवाना गरी जेल सजाय सुनाइयो । मिडिया रिपोर्टका अनुसार लौरा नामकी यी महिलाले आफ्नी छोरीको परिचयपत्र चोरेर साउथ वेस्ट ब्याप्टिस्ट विश्वविद्यालयमा भर्ना भएकी थिइन् ।

त्यसका लागि महिलाले छोरीको सामाजिक सुरक्षा कार्ड प्रयोग गरेकी थिइन् । त्यति मात्र होइन, महिलाले आफ्नी छोरीको नाममा ड्राइभिङ लाइसेन्स पनि लिएकी छन् । कलेजमा भर्ना भएपछि, लौरा ओग्लेस्बेले २० वर्षीय केटासँग डेट गर्न थालिन् ।

महिलाले उनको उमेर २२ वर्ष भएको जानकारी दिएकी थिइन् । त्यसपछि लौराले आफ्नी छोरीको नाममा स्न्यापच्याटमा फेक अकाउन्ट पनि बनाएकी थिइन् । उनी त्यसमा मात्रै रोकिइनन्, उनले आफ्नी छोरीको जस्तै लुगा लगाउन थालिन् ।

लौरा युवा केटाहरूलाई डेट गर्न भारी मेकअपको सहारा लिन्थिन् । पक्राउ पर्नु अघि, लौरा माउन्टेन भ्यूमा एक जोडीसँग बस्ने गरेकी थिइन् । उनले दुवैलाई आफ्नो पासोमा फसाएकी थिइन्, महिलाले दम्पतीलाई आफू खराब सम्बन्धबाट बाहिर आएको भन्दै आफ्नो पक्षमा ल्याएकी हुन् ।

महिलाले आफ्नी छोरीको आईडी प्रयोग गरेर करिब ८ लाख रुपैयाँ ऋण लिएकी थिइन् । जब यो धोखाधडी पर्दाफास भयो, लौराले अस्वीकार गरिरहेकी छिन् ।

तर कडाइ हुनेबित्तिकै उनले आफ्नो अपराध स्वीकार गर्नुपर्यो । उक्त कार्यमा अदालतले लौरालाई ५ वर्ष कैद र करिब ३० लाख जरिवानाको सजाय सुनाएको हो ।

प्रतिकृया दिनुहोस्