×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्को उपाधि दावेदार उरुग्वेलाई १-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । जारी कोपाको दोस्रो खेलमा अर्जेन्टिनाको पहिलो जित हो । अर्जेन्टिना यसअघि खेलेको पहिलो खेलमा चिलीसँग ११ को बराबरीमा रोकिएको थियो । उरुग्वेले भने पहिलो खेल खेलेको हो ।

जितपछि अर्जेन्टिना दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भएपनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे ३ अंहसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।

 
 

प्रतिकृया दिनुहोस्