×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अलराउन्डर क्रिकेटर दीपेन्द्रको टी–२० वरीयता यथावत्

अलराउन्डर क्रिकेटर दीपेन्द्रको टी–२० वरीयता यथावत्

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी–२० वरीयता यथावत् रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र अलराउन्डरतर्फ यथावत् रहेका हुन्।

दीपेन्द्र वरीयताको नवौं स्थान छन्। यो उनको हालसम्मकै उच्च वरीयता हो। यसअघि पनि उनी नवौं स्थानमै रहेका थिए। यस्तै, ब्याटिङ वरीयतातर्फ कुशल भुर्तेल ३८औं स्थानमा रहेका छन्। उनी यसअघि उनी ३८औं स्थानमा थिए।

ब्याटिङतर्फ दीपेन्द्र ४२औं स्थानमा यथावत रहेका छन्। यता, आसिफ शेख ९८औं स्थान रहेका छन्। बलिङ वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ४०औं स्थानमा यथावत् रहेका छन्। अविनास बोहरा ९३औं स्थानमा झरेका छन्। उनी यसअघि ९२औं स्थानमा थिए।

प्रतिकृया दिनुहोस्