×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पीएसजीलाई हराउँदै चेल्सी दोस्रो पटक क्लब विश्वकप च्याम्पियन

पीएसजीलाई हराउँदै चेल्सी दोस्रो पटक क्लब विश्वकप च्याम्पियन

एजेन्सी- इंग्लिस प्रिमियर लिगको पावरहाउस क्लब चेल्सीले फिफा क्लब विश्वकप २०२५ को उपाधि जितेको छ। न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले विश्व च्याम्पियनको ताज पहिरिएको हो।

खेलमा चेल्सीका युवा स्टार कोल पाल्मर नायक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल र एक असिस्ट प्रदान गरे। पाल्मरले खेलको २२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै चेल्सीको जित सुनिश्चित गरे।

चेल्सीको तेस्रो गोल भने उत्कृष्ट टिमवर्कको नतिजा थियो, जसले पीएसजीको रक्षापंक्तिलाई निरीह बनायो। खेल अवधिभर चेल्सीले बल पोसेसनदेखि आक्रमणसम्म आफ्नो प्रभुत्व कायम राख्यो।

यता, पीएसजीले गोलका केही अवसरहरू सिर्जना गरे पनि चेल्सीका गोलकिपर रोबर्ट सान्चेज बाधक बने। उनले उत्कृष्ट बचाउ गर्दै आफ्नो पोस्टमा क्लिन सिट राख्न सफल भए। प्रशिक्षकको अब्बल रणनीति र खेलाडीहरूको बेजोड तालमेलसामु युरोपेली च्याम्पियन पीएसजीले घुँडा टेक्यो।

चेल्सीको यो ऐतिहासिक जितपछि विश्वभरका समर्थकहरूले सामाजिक सञ्जालमा खुसीयाली मनाउँदै टिमको प्रशंसा गरेका छन्। चेल्सीले यसअघि सन् २०२२ मा पनि क्लब विश्वकप जितेको थियो। यो जितसँगै चेल्सीले विश्व फुटबलमा आफ्नो दबदबालाई पुनः पुष्टि गरेको छ।

प्रतिकृया दिनुहोस्