×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राखेपका पूर्व उपाध्यक्ष शेर्पाको निधन

राखेपका पूर्व उपाध्यक्ष शेर्पाको निधन

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। पूर्व उपाध्यक्ष  शेर्पाको ५० वर्षको उमेरमा बुधबार बिहान ३ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन वर्षदेखि अस्वस्थ रहँदै आएका शेर्पा नशा सम्बन्धी रोगबाट पीडित थिए ।  अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन्।

 

प्रतिकृया दिनुहोस्