×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री

काठमाडौं - ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताउनु भएको छ।

आज चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताउनु भएको हो । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भन्नुभयो, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।”

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उहाँले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिनुभयो।

फरक प्रसङ्गमा उहाँले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्