काठमाडाैँ- सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिताविरुद्धको रिट खारेज गरेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध दर्ता गराएकाे रिट सर्वाेच्चले मंगलबार खारेज गरेकाे हाे ।
न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।
आयाेगले सार्वजनिक पद धारण गरेकाे व्यक्तिले राजीनामा नदिइकन पुन: उम्मेदवार बन्दा सरकारी स्राेत/साधनहरूकाे दुरुपयाेग हुने भन्दै मनाेनयनभन्दाअगावै राजीनामा दिनुपर्ने प्रावधान लागू गरेकाे थियाे । अदालतकाे याे निर्णयसँगै बहालवाला जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्रै पुन: उम्मेदवार बन्न पाउने भएका छन् ।