विवाद समाधान गर्न गठन भएको नेकपा एमाले कार्यदलको बैठक सुरू भएको छ ।
निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरू भएको हो ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरू तोकिएको समयअनुसार बिहान ८ बजे नै सिंहदरबार पुगे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यदल भने एक घण्टा ढिलो पुगेको थियो ।
यसअघि शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरूले आइतबार सहमति भएका बुँदाहरू सार्वजनिक गरिने बताएका थिए ।