×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीका सबै वरिष्ठ नेता र आम मतदाताहरूको समर्थन आफूतिर रहेको दाबी र अब पार्टीलाई फुट्न नदिने र नफुटाउने ‘संकल्प’ गर्दै  थापाले उम्मेदवारी घोषणा गरेका हुन् ।

मंसिर १५,१६ र १७ गते काठमाडौँमा हुने राप्रपाको महाधिवेशनमा यसअघि राजेन्द्र लिङ्देनले पनि राप्रपाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको टिमबाट महामन्त्रीमा डा धवलशमशेर राणा उठ्ने भएका छन् । राप्रपा अध्यक्षत्रयमध्ये पशुपतिशमशेर राणाले उम्मेदवार नबन्ने घोषणा गरेका छन् । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेसम्म यसबारे माैन छन् । पटक पटक फुट्ने र जुट्ने गर्दै आएको राप्रपा नेपालमा राजा र हिन्दु राज्यको पक्षमा छ ।

प्रतिकृया दिनुहोस्