×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

पर्सा- आफ्नै श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका २३ ईटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेकाे छ । 

दिनेशले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्