काठमाडौँ- टी–ट्वेन्टी विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो ।
उसका मोहम्मद वासिमले ७० र अरबिन्दले ४६ रन बनाए । वासिमले ४४ बलमा ४–४ चाैका र छक्कासहित ७० रन बनाए । अरबिन्दले २३ बलमा ५ चाैका र ३ छक्का प्रहार गरे ।
नेपालका जितेन्द्र मुखिया र अविनास बोहोराले ३–३ र सन्दीप लामिछानले १ विकेट लिए । अविनासले १७ औँ र जितेन्द्रले १८ औँ ओभरमा २–२ विकेट लिए । जितेन्द्रले ३ ओभरमा ३५ रन दिए भने अविनासले ४ ओभरमा ४६ रन दिए । ४ ओभर नै बलिङ गरेका सन्दीपले २४ रन खर्चिए ।
४ ओभर बलिङ गरेका कमलसिंह ऐरीले ३० रन दिएपनि विकेट भने लिन सकेनन् । दिपेन्द्रसिंह ऐरीले ३ ओभरमा १८ रन दिए भने २ ओभर बलिङ गरेका आरिफ शेखले २० रन खर्चिए ।