×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२६ लाखको सुन ठगी आरोपमा दुई तामाङ पक्राउ

२६ लाखको सुन ठगी आरोपमा दुई तामाङ पक्राउ

काठमाडौं - २६ लाख रुपैयाँ बराबरको सुनका गरगहना ठगी गरी फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ३८ वर्षीय दानबहादुर तामाङ र सोही स्थानका २६ वर्षीय दानबहादुर तामाङ रहेका छन्।


उनीहरुमाथि काठमाडौंका विभिन्न स्थानमा सर्वसाधारणबाट २६ लाख रुपैयाँ बराबरको सुनका गरगहना ठगी गरेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, अभियुक्तहरुले आफूहरु विदेशबाट भर्खरै आएको र विदेशी मुद्रा साट्न सहयोग गरेमा राम्रो रकम दिने भन्दै प्रलोभन देखाउने गर्थे। त्यसपछि विश्वासमा पारेर सुनका गहना लिई फरार हुने गरेको खुल्न आएको छ।


परिसरले उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्