काठमाडौं- रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्। मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्।
उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे। उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए। लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनुपर्ने माग पनि राखे। लामिछानेले आफ्नो पार्टीमा केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुने बताए।
उनको पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहने र चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको जानकारी दिए।