काठमाडौं - नेपालको फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ।
फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर र पोखरा हुँदै अब चितवनमा पनि विस्तार भएको हो।
काठमाडौं र पोखरामा पहिलेदेखि नै लोकप्रिय कम्पनीले यही वैशाख १४ गते पत्रकार सम्मेलनमार्फत् चितवनवासीले समेत अनलाइनबाटै खानेकुराहरूको अर्डर गर्न सकिने जानकारी दिएको हो।