×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेफ्टी ट्याङ्की भत्किँदा दुई जनाको मृत्यु

सेफ्टी ट्याङ्की भत्किँदा दुई जनाको मृत्यु

किमाथाङ्का: सङ्खुवासभाको खाँदबारी नगरपालिका-४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी-४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आज साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए । घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।

प्रतिकृया दिनुहोस्