×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरीमा डुबेर आमा-छोराको मृत्यु

पोखरीमा डुबेर आमा-छोराको  मृत्यु

 

काठमाडौँ -पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा धनुषामा दुई जनाको शव फेला परेको छ ।सोमबार धनुषाको धनुषाधाम नगरपालिका वडा–२ स्थित धरमपुरमा महिला र एक बालकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव  उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार घर छेउमै रहेको पोखरीमा करिब २८ वर्षीया अर्चना सिंह र उनका अन्दाजी ४ वर्षीय छोरा कुश कुमार सिंहको शव फेला परेको हो । स्थानीयले पोखरीमा शव देखेपछि धनुषा प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ । घटना आत्महत्या वा हत्या के हो भन्नेबारे अनुसन्धानबाट मात्र खुल्ने बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्