×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

६ क्षेत्रको परिणाम आउन बाँकी, कहाँ कसको अग्रता ?

६ क्षेत्रको परिणाम आउन बाँकी, कहाँ कसको अग्रता ?

काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। सोमबार बिहान ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४३ स्थानमा जित हासिल गरेको छ। यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा-२ र बाजुराको मत गणना भने हुन बाँकी छ।

३ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ ठाउँमा अग्रता लिएको छ।

हेर्नुस् कहाँ-कसको अग्रता-

सुनसरी-३

भगवती चौधरी (नेकपा एमाले) – २४२६३

विजयकुमार गच्छदार (नेपाली कांग्रेस) – १९६७०

सुनसरी-४

ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) -२३४३९

जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) – २३३४१

उदयपुर-१

नारायण खड्का (नेपाली कांग्रेस) – २१८३३

मञ्जु चौधरी (नेकपा एमाले) -२०१२०

प्रतिकृया दिनुहोस्