×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो आजै लगाउने

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो आजै लगाउने

काठमाडौँ- कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता शुक्रबार साँझसम्म टुङ्गो लगाउने भएको छ । सहमहामन्त्री प्रकाशशरण महतले आजै विवाद रहेका १३ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाइने जानकारी दिए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार बिहान १० बजेपछि बैठकका क्रममा सहमहामन्त्री महतले १३ जिल्लाको क्रियाशील सदस्यता टुंग्याएपछि ती जिल्लामा पनि क्रमशः वडा अधिवेशनको प्रक्रिया अघि बढ्ने बताए ।

उनका अनुसार दशैँअघि नै ती जिल्लामा पनि पालिका तहको अधिवेशन हुनेछ । कांग्रेसले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा क्रियाशील सदस्यको टुंगो लगाउन बाँकी रहेको छ ।

 

प्रतिकृया दिनुहोस्