×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

एकसाथ रीत र अञ्जली बनाउँदै दिनेश

एकसाथ रीत र अञ्जली बनाउँदै दिनेश

काठमाडौँ, आगामी हप्ताबाट दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’ को छायांकन सुरु हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेको ‘रीत’ लिम्बु भाषा संस्कृतिमा बन्न लागेको चलचित्र हो । त्यस्तै ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित हुनेछ । दुवै चलचित्र दिनेश लिङ्देनले निर्देशन गर्नेछन् ।

दुवै चलचित्रमा एलिना बाँस्कोटा, विमला खजुम, श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुण्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

मिकहाङ लिङ्देन र सुदिता लिङ्देनको प्रस्तुति रहेको यी दुई चलचित्रको निर्मातामा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली रहेका छन् । चलचित्रको कथा सागर केरुङले लेखेका हुन् ।

 

प्रतिकृया दिनुहोस्