नवलपुर- बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार विनयी खोलाको डाइभर्सन बाढीले बगाएको र दाउन्नेको सडक हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी मधु नेपालका अनुसार, विनयी खोलामा पुल निर्माणको क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि यातायात ठप्प भएको हो। यसका साथै, दुम्कीबास–दाउन्ने खण्डको विश्वकर्मा मन्दिर र घ्यूखोला जस्ता ठाउँमा लगातारको वर्षाले सडक हिलाम्य र चिप्लो हुँदा सवारी साधन फस्ने समस्या बढेको छ।
सडक सुचारु नभएसम्मका लागि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा आग्रह गरेको छ। डीएसपी नेपालले निम्नअनुसारको वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएका छन्:
यसैगरी, साना सवारी साधनहरूले भने सडकको अवस्थाबारे राम्रोसँग जानकारी लिएर मात्रै कालीगण्डकी करिडोर अन्तर्गतको गैँडाकोट (नवलपुर) - पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ।