काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । ९४४२ मत भन्दा एमाले-राप्रपाका साझा उम्मेदवार सुवेदीले ३३४२ मतसहित अग्रता कायमै राखेका हुन् ।
सत्ता गठबन्धनको समर्थित माओवादी केन्द्रकी रेनु दाहाल ३३२७ मतका साथ सुवेदीलाई पछ्याई राखेको अवस्था छ । बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२०४ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३७१६ मत पाएका छन् भने एमाले राप्रपाबाट राप्रपाकी उम्मेदवार हिमला २६६५ मत पाएकी छिन् ।