×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतले धौलीगंगाको बाँध खोल्दै, महाकालीमा बाढीको जोखिम

भारतले धौलीगंगाको बाँध खोल्दै, महाकालीमा बाढीको जोखिम

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ। आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य हुने भएको छ।

उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको छ। जसलेगर्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले वर्षाका कारण र भारतीय पक्षबाट बाँधको ढोका खोलिँदा एक्कासी पानीको बहाव बढ्न सक्ने जनाएको छ। महाशाखाले पनि तटीय क्षेत्रमा बिहान ५ बजेदेखि सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्