×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नुनेज चम्कँदा लिभरपुल विजयी, टोटेनहमको रोमाञ्चक जित

नुनेज चम्कँदा लिभरपुल विजयी, टोटेनहमको रोमाञ्चक जित

काठमाडौँ- उरुग्वेली फरवार्ड डार्विन नुनेज चम्कँदा लिभरपुलले इंग्लिस प्रिमियर लिगमासहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ३-१ ले पराजित गरेको हो । 

घरेलु मैदान एनफिल्डमा लिभरपुलको सहज जितमा नुनेजले दुई तथा रोबर्टो फिर्मिनोले एक गोल गरे । साउथह्याम्टनका चे एडाम्सले एक गोल फर्काए । यस जितसँगै लिभरपुल १४ खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १२ अंक जोडेर १९औं स्थानमा छ ।

अर्को खेलमा टोटेनहमले खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर लिड्स युनाइटेडमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा टोटेनहमको जितमा रोड्रिगो बेन्टनकरले दुई तथा ह्यारी केन र बेन डेभिसले समान एक गोल गरे । लिड्सका रोड्रिगोले दुई तथा क्राइसेन्सियो समरभिलीले एक गोल गरे ।

यस जितसँगै टोटेनहम १५ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । लिड्स १५ अंक जोडेर १५औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्