×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नाेबेल कलेजका सञ्चालक शर्मा कांग्रेसवाट उम्मेदवारमा सिफारिस

नाेबेल कलेजका सञ्चालक शर्मा कांग्रेसवाट उम्मेदवारमा  सिफारिस

विराटनगर - नाेबेल कलेजका सञ्चालक समेत रहेका कांग्रेस नेता सुनिल शर्मालाई नेपाली कांग्रेसले एकल उम्मेदवारकाे रूपमा सिफारिस गरेकाे छ ।  मोरङको निर्वाचन क्षेत्र नम्बर-३ बाट कांग्रेसले सुनिल शर्मालाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको हाे । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मालाई नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउन सिफारिस गरेको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका नेता भानुभक्त ढकालसँग पराजित भएका शर्मा यो पटक पनि उनैसँग प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । नेकपा एमाले यो क्षेत्रमा पुन ढकाललाई उठाउने तयारी गरेको छ। एमालेको गढको रूपमा लिईएको यो क्षेत्रमा अहिले सुनिल शर्माको पकड बढेर गएको छ ।  मंगलबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको एकल नाम सिफारिस गरेको मोरङ –३ का कांग्रेस नेता भोजराज बस्नेतले जानकारी दिए ।

यो क्षेत्र नेकपा एकीकृत समाजवादीलाई दिने भनेर गठबन्धन दलहरू बिच छलफल भइरहेको छ । सत्ता गठबन्धनको भागबन्डामा मोरङ–३ अरू दलको भागमा नपरे र क्षेत्रीय समितिको सिफारिसका आधारमा पार्टीले उम्मेदवार बनाएको अवस्थामा शर्मा त्यो क्षेत्रको उम्मेदवार हुने निश्चित जस्तै भएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन् । शर्मा कांग्रेसमा नेता शेखर कोइराला निकट मानिन्छन् ।

२०७४ सालको निर्वाचनमा पराजय ब्यहोरापछि निरन्तर शर्माले यो क्षेत्रका नागरिकमा स्वास्थ्य सेवामा निःशुल्क तथा छुट दिँदै आएका छन् ।  उनले आफ्नो क्षेत्रका मतदाताका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालन गरेका छन् भने क्षेत्रका मतदाताको उपचारमा पनि भारी छुटको व्यवस्था गरेका छन् । उनले क्षेत्र नम्बर ३ मा  नियमित जस्तो स्वास्थ्य शिविर राखेर  मतदातालाई रिझाउने काम गरिरहेका छन् ।  यही क्षेत्रबाट राप्रपाले अभिनेत्री रेखा थापाको पनि नाम प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ ।

एमालेबाट पूर्व मन्त्रीसमेत रहेका भानुभक्त ढकाल नै उम्मेदवार बन्ने लगभग निश्चित भएको एमाले नेताहरू बताउँछन् । २०७४ मा एमाले र माओवादी मिलेर चुनाव लड्दा जम्मा १९ सय मतान्तरले हारेका शर्मा यस पटक सहजै चुनाव जित्ने दाउमा छन् । क्षेत्रका २६ वटा वडा रहेको यो क्षेत्रमा १४ वडामा एमालेले जितेको छ भने कांग्रेसले ११ वडा जितेको छ भने एउटा वडा स्वतन्त्रले जितेका हुन्  ।

प्रतिकृया दिनुहोस्