×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौं - नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। आज राति करिब साढे दुई बजे हृदयघातका कारण संविधानसभा अध्यक्षसमेत रहनुभएका नेम्वाङको निधन भएको हो ।

बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

निधनको खबर सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए।

 

प्रतिकृया दिनुहोस्