×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शेयर बजार आकर्षको केन्द्र बन्दै जानुमा सरकारप्रति लगानीकर्ताको विश्वास हो : अर्थमन्त्री पौडेल

शेयर बजार आकर्षको केन्द्र बन्दै जानुमा सरकारप्रति लगानीकर्ताको विश्वास हो : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पछिल्ला दिनमा पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको बताएका छन् । पछिल्ला दिनमा लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढेको अर्थमन्त्री पौडेलले बताए । ‘आगामी दिनमा लगानीका क्षेत्र र दायरा पनि फराकिलो हुने विश्वास व्यक्त गर्न चाहान्छु,’ उनले भने, ‘यसका लागि पुँजी बजारको निकाय नेपाल धितोपत्र बोर्डलाई शुभकामना दिन चाहान्छु ।’

अर्थमन्त्री पौडेलले पछिल्लो समय शेयर बजार आकर्षको केन्द्र बन्दै जानुमा सरकारप्रति लगानीकर्ताको विश्वास रहेको अर्थमा पनि हेरेको पनि बताए । ‘यसलाई मैले सरकारप्रति लगानीकर्ताको विश्वासको अर्थको रुपमा पनि हेरेको छु,’ उनले भने, ‘आउने दिनमा खासगरी लगानीकर्ताको हित संरक्षणका प्रश्नमा पनि धितोपत्र बोर्डको भूमिका प्रभावकारी हुन सकोस । लगानीका क्षेत्र र दायरा पनि फराकिला हुन सकुन् ।’

अर्थमन्त्री पौडेलले लगानीकर्ताको लगानीको सुरक्षित हुनुमा पर्ने जोड दिएका छन् । ‘लगानीकर्ताको लगानी सुरक्षित हुने, पुँजी बजार विस्तारित हुने र यसले समग्रतामा मुलुकको आर्थिक बृद्धिदर विस्तार गर्नका निम्ति पनि धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहने अपेक्षा पनि मैले गरेको छु,’ उनले भने, ‘बोर्डका अध्यक्ष भिष्म ढुगांनाको नेतृत्वले आउने दिनमा उल्लेखनिय उपलब्धि लाभ हासिल गर्ने छ । पुँजी बजारको व्यवस्थापन, नियमन र यसको दायरा विस्तार गर्ने सम्बन्धमा सशक्त र प्रभावकारी नेतृत्व प्रदान गर्नु हुने छ ।’ अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड सशक्त र प्रभावकारी हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् ।

अर्थमन्त्री पौडेलले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने खालको काम गर्न नहुने पनि बताएका छन् । ‘कुनै प्रकारका अनियमितता खासगरी नकारात्मक प्रभाव पार्ने कुनै पनि क्रियाकलापहरु प्रवेश गर्न नपाउन भन्ने तर्फ बिशेष ध्यान जाओस,’ उनले भने, ‘यसमा बोर्डको बिशेष ध्यानाकर्षण गराउन चाहान्छु ।’

अर्थमन्त्री पौडेले आगामी आर्थिक वर्षभित्रमा बस्तु विनिमय बजारको आरम्भ गर्ने बताएका छन् । ‘आगामी आर्थिक वर्षको बजेटमा बस्तु विनिमय बजारको आरम्भ गर्ने अठोट गरेका छौं,’ उनले भने, ‘यसका निम्ति धितोपत्र बोर्डले अहिलेदेखि नै आवश्यक गृहकार्य गर्ने र समयमा बस्तु विनिमय बजारको आरम्भ गर्ने दिशातर्फको काम गर्ने छ भन्ने पनि यस अवसरमा अपेक्षा गर्न चाहान्छु ।’

 

प्रतिकृया दिनुहोस्