×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्री र ४ मन्त्रीको जिम्मा २० मन्त्रालय

प्रधानमन्त्री र ४ मन्त्रीको जिम्मा २० मन्त्रालय

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेकी छन् । 

प्रधानमन्त्री ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राख्दै क्याविनेट हेरफेर गरेका हुन् । ओलीले आफू र थप ४ मन्त्रालयको जिम्मा २० मन्त्रालय लगाएका छन् ।

ओली क्याविनेटमा विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई, गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा; स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिइएको छ भने वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ

गरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी दिइएको छ । 

 

प्रतिकृया दिनुहोस्