गत एक महिना अघि मूलपार्टी फुटेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फुटको पछिल्लो रोग भातृ संगठनहरुमा सरेको छ । मूलपार्टी विभाजनसँगै सो पार्टीसँग नजिक रहेको नेपाल निजामति कर्मचारी संगठन पनि फुटेको छ । नेकपा (एकिकृत समाजवादी) निकट कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाएको घोषणा गरेसँगै यस संगठनमा पनि फूट आएको हो ।
संगठनले आइतबार पत्रकार सम्मेलन गरी देवकाटाले पदको दुरुपयोग गर्दै संगठनको मर्यादाविपरीत महासचिवसँग सल्लाह नगरी बैठक बोलाएर एकपक्षीय घोषणा गरेको भन्दै उनलाई पदबाट हटाएको जनाएको छ । शनिबार संगठनको भेलाले आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलसहितका पदाधिकारी र सदस्यहरूलाई फिर्ता बोलाउने लगायतका निर्णय गरेको थियो ।
माधव नेपाल पक्षधरले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सहकोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको घोषणा गरेका छन् ।
सो समूहले अध्यक्षमा हालका महासचिव रेवन्त गौतम र वरिष्ठ उपाध्यक्षमा मोहन गिरीलाई चयन गरेको छ । उपाध्यक्षहरूमा सीता गुरुङ, वेदप्रसाद खवितडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर विष्ट र दयाराम खत्री चयन भएका छन् । महासचिवमा शरणकुमार गुरुङ चयन भएका छन् ।
यस्तो छ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्ति :