राजनीतिक उपयोगिताको कौशल जानेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मधेसवादी दल जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरसँगको दोस्ती बढाएका छन् । २०७७ पुस ५ गते पहिलो पटक संसद् विघटनपछि एक्लिँदै गएका प्रधानमन्त्री ओलीले राजनीतिक सहयात्रीको खोजी गरिरहेका थिए । यही मौकालाई जसपाका अध्यक्ष महन्थले पनि उपयोग गर्नसक्ने देखेर पार्टीलाई ओलीसँगको दोस्ती स्वीकार गरे ।
पार्टीभित्र छलफल नै नगरि प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसँग वार्ता गर्न दुई सदस्यी वार्ता समिति बनाए । त्यस विषयले जसपाभित्र निकै ठूलो विवाद उत्पन्न भयो । सुरुमा जसपाले सरकासँग तीनवटा माग राखेको थियो । संविधान संसोधन, रेशम चौधरीलगायतका मधेस आन्दोलनमा मुद्दा फिर्ता र बन्दी रिहा र नागरिकता विधेयकको संसोधनका मागहरु पूरा गरे सरकारलाई समर्थन गर्ने जनाएको थियो । प्रधानमन्त्री ओलीले आफू उक्त मागहरुप्रति सकारात्मक भएको बताए ।
ष्mबनभक
प्रतिपक्षमा रहेको बेला प्रधानमन्त्री ओली प्रदेश नम्बर २ गएको समयमा भएका आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई आँप झरेको संज्ञा दिने गरेका थिए । उनले भनेका थिए, ूदुई(चारवटा आँप झर्दैमा केही फरक पर्दैन । त्यसैगरि संविधान संशोधन गर्न हुँदैन भनेर संसद् अवरोध गरेका थिए भने नागरिकतासम्ब्धी कानुन संशोधन गर्नुलाई राष्ट्रघाती संज्ञा दिएका थिए । प्रधानमन्त्री ओलीले रेशम चौधरीलाई अपराध गर्नेलाई कुनै छुट नहुने भन्दै विज्ञप्ति जारी गरेका थिए ।
तर, प्रधानमन्त्री ओली अहिले पद जोगाउनैका लागि संविधान संशोधन गर्न तयार भए । महन्थले राखेका मागहरु पूरा गर्नेतर्फ प्रधानमन्त्री ओली लागे भने महन्थले पनि उनलाई निर्णायक समयमा समर्थन गरे । जसका कारण मुलुक अहिले दुर्भाग्यको खाडलमा होमिएको छ । महामारीसँग लडिरहेको मुलुक राजनीतिक अस्थिरता र अराजकताको चपेटामा पर्दा झन थिलथिलो बनेको छ ।