×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

देउवालाई झट्का

देउवालाई झट्का

विराटनगर- नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत मोरङका १७ पालिका मध्ये १५ वटामा बरिष्ठ नेता रामचन्द्र पौडेल तथा संस्थापन इतर समूह विजयी भएको छ । पार्टी सभापति शेर बहादुर देउवा समूहले भने दुइ पािलकामा मात्र चित्त बुझाउनु पर्ने अवस्था आएको छ ।

अधिकांश स्थानीय तहमा केन्द्रीय सदस्य शेखर कोइराला निकट उम्मेदवार विजयी भएका छन् भने केहीमा नेता कृष्ण सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् । चार वटा पालिकामा सर्वसम्मत र १३ वटा पालिकामा निर्वाचनबाट नेतृत्व चयन गर्दा यस्तो परिणाम आएको हो । जस अनुसार उर्लाबारी नगरपालिकामा सुरेन्द्र लिम्बु, रतुवामाई नगरपालिकामा पोष्टबहादुर बस्नेत, केराबारी गाउँपालिकामा प्रकाश बस्नेत र जहदा गाउँपालिकामा महेन्द्रप्रसाद मण्डल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाई निर्वाचित भएका छन् । कानेपोखरी सभापतिमा योगेन्द्र दाहाल, बेलबारी नगर सभापतिमा छत्र लिम्बु, लेटाङ नगरसभापतिमा दीपकचन्द्र राई, पथरीशनिश्चरेमा रुपनारायण भट्टराई, सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह, रंगेली नगरपालिकामा जगरनाथ मण्डल, सुन्दरहरैचा नगरपालिका सभापतिमा भक्ति सिटौला, कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत निर्वाचित भएका छन् ।

मिक्लाजुङ गाउँपालिकामा बबी राई, ग्रामथान गाउँपालिका सभापतिमा तुलसी विश्वास, बुढीगंगा गाउँपालिका सभापतिमा जीतनारायण थापा, धनपालथानको सभापतिमा दीपकवीर पाण्डे बिजयी भएका छन् ।

प्रतिकृया दिनुहोस्